२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

पाँचखालमा सिसिक्यामेरा बङ्ग्याएर चोरी

  • २०७७ मंसिर ७, आईतबार मा प्रकाशित २ साल अघि
  • १५६८ पाठक संख्या
  • पाँचखाल नगरपालिका वडा नं ४ मा रहेको रिशभ एण्ड रिजना ट्रेडर्समा शनिबार राति चोरी भएको छ । व्यवसायी रन्जन लामिछानेले सञ्चालन गरेको पसलमा राखिएको सिसिक्यामरा विगारेर चोरी गरेको प्रहरीले जनाएको छ ।

    रिशभ एण्ड रिजना ट्रेडर्सका प्रोप्राईटर लामिछानेका अनुसार पसलको सटरलाई फोडेर पसल भित्र पसि पसलमा रहेको सिसिक्यामरालाई अर्कै पट्टिी पर्काएर चोरी भएको बताए । उनको पसलबाट महङ्गा खालका विभिन्न ब्राण्डका १६ कार्टुन ह्वीस्की चोरी भएको छ । पसलमा ४ लाख बराबरको चोरी भएको लामिछानेको भनाई छ ।

    लामिछानेको पसलमा पल्सरमा आएका चोरहरुले टिपर प्रयोग गरेर सामान लगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । चोरीका बिषयलाई लिएर थप अनुसन्धान गर्न पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, नेपाली काँग्रेसका नेता कुमार लामिछाने, पाँचखाल नगर वडा नं ४ का वडा अध्यक्ष सुन्दर तामाङ, वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी लगाएतका जनप्रतीनिधिहरु घटनास्थलमा पुगेर सुक्ष्म तरिकाले अनुसन्धान गर्नुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस