सोमवार विहान ८ बजे पनौती नगरपालिका वडा नं ८ मा रहेको भालेश्वर माविको भवन शिलन्यास कार्यक्रममा आउन लागेका पूर्व मन्त्री गोकुल बाँस्कोटाको विरोधमा आफ्नै कार्यकर्ताले मल्पी क्षेत्रमा ‘भ्रष्टाचारीलाई सामाजिक बहिस्कार गरौ’ भन्ने पर्चा छरेका छन् ।
वडा नं ८ मल्पिमा रहेको भालेश्वर माध्यमिक विद्यालयको भवन शिलान्यास सोमबार विहान ८ बजे पुर्व सुचना प्रविधि एवं सहरी विकास मन्त्री गोकुल बाँस्कोटाबाट हुँदैछ । श्रोतका अनुसार बाँस्कोटा इतरका नेकपाकै कार्यकर्ताहरुले विद्यालय आसपासमा भ्रष्ट आचरणको भण्डाफोर गरौ भन्ने पर्चा छरेका छन् ।
पर्चा
विद्यालय रहेको आसपासको क्षेत्रमा छरिएको पर्चामा ‘भ्रष्ट आचारणको भण्डाफोर गरौं । स्कुल जस्तो पवित्र संस्थाको शिलन्यास कस्तो हातले हुँदैछ ? विवादिन मानीय भन्दा अन्य माननीयहरु प्रदेश सभा सदस्य, मेयरले गरे नहुने हो र शिलन्यास, यदि आरोप प्रमाणित भएमा के गर्नुहुन्छ ? दलाल पूजीपति र भ्रष्ट्राचारीलाई सामाजिक बहिस्कार गरौं ।’–भन्ने लेखिएको छ ।
एशियालि विकास बैंको ऋण सहयोगमा निर्माण हुन लागेको ३६ कोठे विद्यालय भवन शिलन्यास कार्यक्रममा समेत नेकपाको विवाद छाताछुल्ल भएको छ ।
प्रतिक्रिया दिनुहोस