२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

काभ्रेमा १ जना कोरोना संक्रमितको मृत्यु, ४१ संक्रमण मुक्त

  • २०७७ मंसिर ७, आईतबार मा प्रकाशित २ साल अघि
  • ५३२ पाठक संख्या
  • काभ्रेमा १ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बनेपा नगरपालिकाका ३९ बर्षिय पुरुष छन् । उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए ।

    त्यस्तै आज त्यस्तै काभ्रेमा ४१ जना आज संक्रमणमुक्त भएका छन् । यो सँगै अहिलेसम्म काभ्रेका १९ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    बनेपा नगरपालिकाबाट २ जना महिला र महाभारत गाउँपालिकाबाट १ जना पुरुष गरी जिल्लामा आज ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

    योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २३ सय ६२ पुगेको छ । हाल जिल्लामा ४ सय ७ जना सक्रिय कोरोना संक्रमित रहेका कार्यालयको विवरणमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस