२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

काभ्रेमा शनिवार थप २६ जनामा कोरोना संक्रमण, १५ जना डिस्चार्ज

  • २०७७ मंसिर ६, शनिबार मा प्रकाशित २ साल अघि
  • ३८२ पाठक संख्या
  • काभ्रेमा शनिवार थप २६ जनामा कोरोना संक्रमण देखिएको छ ।

    शनिवार सबैभन्दा बढि धुलिखेल नगरपालिकामा संक्रमित देखिए । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्र झाका अनुसार धुलिखेल नगरपालिकामा ६ जना महिला ४ जना पुरुष, बनेपा नगरपालिकामा ५ महिला ४ जना पुरुष, पाँचखाल नगरपालिकामा १ जना महिला, रोशी गाउँपालिाकामा २ जना महिला, मण्डदेउपुर नगरपालिकामा १ जना पुरुष एक जना महिला, तेमाल गाउँपालिकामा १ जना पुरुष, चौरीदेउराली गाउँपालिकामा १ जना पुरुष गरी २६ जनामा संक्रमण देदिएको हो । यो सँगै जिल्लामा २३ सय ५९ पुगेको छ ।

    शनिवारनै काभ्रेमा १५ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या पनि १८ सय ८० पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा ६६१ महिला र १०१३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३०५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस