काभ्रेमा विहिबार ५० जना नयाँ संक्रमित थपिएका छन् ।
आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार २९७ पुगेको छ । संक्रमित मध्ये १ हजार ८ सय १ जना निको भएका छन् । जिल्लामा ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार काभ्रेमा आज थपिने मध्येमा बनेपाका सबैभन्दा बढि २६ जना छन् ।
त्यस्तै धुलिखेलका ११, पनौतीका ४, पाँचखालका ५, रोशीका २ र मण्डनदेउपुरका २ जना रहेका छन् । यो सँगै जिल्लामा ४ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस