२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

काभ्रेली साहित्यकार मार्फत चुलु हिमालमा मनाइयो लक्ष्मीप्रसाद देवकोटा र रमेश विकलको जन्मजयन्ती

  • २०७७ मंसिर ३, बुधबार मा प्रकाशित २ साल अघि
  • ११८४ पाठक संख्या
  • मनाङ जिल्लाको ६ हजार ५ सय ८४ मिटर अग्लो चुलु इष्ट हिमालको चुचुरोमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र आख्यानकार रमेश विकलको जन्मजयन्ती मनाइएको छ ।

    प्रथम साहित्यिक हिमाल आरोही साहित्यकार लक्ष्मण सापकोटा र उद्धव थापाको टोलीले कार्तिक २७ गते बिहान ११ बजे चुचुरोमा पुगी फोटो प्रदर्शनीसहित कविता वाचन गरेर साहित्यकारको जन्मजयन्ती मनाएको हो ।

    काभ्रेपलाञ्चोक पनौतीका सापकोटा र थापाको टोलीले साहित्यकारको फोटो चुलु हिमालको चुचरोमा पुर्‍याएर त्यहीँ कविता वाचन गरेको थियो । यसअघि इम्जात्से हिमालको आरोहण गरिसकेका सापकोटाले साहित्यिक कीर्तिमानका लागि नौला कार्य गर्दै आएका छन् ।

    सापकोटाले विगत पाँच वर्षदेखि साहित्यकारको फोटो र कृतिसहित सगरमाथा आरोहण गर्ने तयारी गरिरहेका छन् ।

    तस्वीर लक्ष्मण सापकोटाको फकेसबुकबाट

    प्रतिक्रिया दिनुहोस