२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

काभ्रेमा २ कोरोना संक्रमितको मृत्यु

  • २०७७ मंसिर ३, बुधबार मा प्रकाशित ३ साल अघि
  • २९१ पाठक संख्या
  • काभ्रेमा कोरोनाका कारण २ जना संक्रमितको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पनौती नगरपालिकाका ८७ वर्षीय र बनेपा नगरपालिकाका ८४ बर्षिय पुरुष रहेका छन् । दुबैको बनेपाको शिर मेमोरियल अस्पतालमा मृत्यु भएको हो । पनौतीका पुरुषमा कात्तिक २४ गते संक्रमण पुष्टि भएको थियो भने बनेपामाका पुरुषमा कात्तिक २७ गते पुष्टि भएको भियो ।

    बनेपाका ८४ वर्षीय पुरुषको हिजो २ गते नै मृत्यु भएको थियो । योसँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

    जिल्लामा बुधवार २ जना नयाँ कोरोना संक्रमित थपिएको कार्यालयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये धुलिखेल नगरपालिकाबाट १ जना पुरुष र १ जना महिला छन् ।

    त्यस्तै जिल्लामा ३२ जना संक्रमित संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ । अहिलेसम्म काभ्रेका १७ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    प्रतिक्रिया दिनुहोस