२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

नेवार समुदायमा आज पनि भाइटीका, यो बर्ष बालगोपालेश्वर मन्दिर दुई दिन खुल्ला

  • २०७७ मंसिर २, मंगलबार मा प्रकाशित २ साल अघि
  • १०७३ पाठक संख्या
  • नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँदैछन् । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो ।

    धेरैजसोले भने हिजो मंसिर १ गते नै भाइटीका लगाएका छन् ।

    भाइटीकालाई लक्षित गरी रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको छ ।

    दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ । त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ । यो बर्ष दुई दिन मन्दिर खुल्ला गरिएको हो ।

    नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ ।

    प्रतिक्रिया दिनुहोस