कोरोनाबाट काभ्रेमा सोमबार एकैदिन ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण केही समयदेखि अस्पतालमा उपचार गराइरहेका ३ जेष्ठ नागरिकको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताए ।
धुलिखेल अस्पतालमा उपचाररत पाँचखालका ९१ बर्षीय पुरुष, सोही अस्पतालमा उपचाररत भक्तपुरका ७३ वर्षीय पुरुष र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत ७२ वर्षीय पुरुषको सोमबार मृत्यु भएको डा. झाले जानकारी दिए ।
यस्तै शनिबार धुलिखेल अस्पतालमा उपचाररत ७६ वर्षीया महिलाको शनिबार मृत्यु भएको थियो ।
यसैबीच जिल्लामा सोमबार मात्रै बनेपाका ६, धुलिखेलका १, पनौतीका २, नमोबुद्धका २ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस