२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

काभ्रेमा आज नयाँ कोरोना संक्रमित थपिएनन, २५ संक्रमण मुक्त

  • २०७७ कार्तिक ३०, आईतबार मा प्रकाशित ३ साल अघि
  • ४४७ पाठक संख्या
  • काभ्रेमा २५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्र झाका अनुसार काभ्रेमा आज कुनै नयाँ संक्रमत नथपिएको जानकारी दिए । २५ जना संक्रमण मुक्त भए सँगै अहिलेसम्म काभ्रेका १६ सय ८३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    कात्तिक २७ गते एक जनाको कोरोनाको कारण मृत्यु भएको छ । कार्यालयका अनुसार मृत्यु हुनेमा धुलिखेल नगरपालिकाका ७३ वर्षीय पुरुष रहेका छन् । कात्तिक २७ गते मृत्यु भएको कार्यालयका प्रमुख झाले जानकारी दिए । योसँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस