२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

काँग्रेस क्रियाशील सदस्यता नविकरण र वितरण मंसिर मसान्त सम्म

  • २०७७ कार्तिक २८, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ८४९ पाठक संख्या
  •  

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले क्रियाशील सदस्यता वितरण र नवीकरणको तालिकालाई परिवर्तन गरेको छ ।

    महाधिवेशनको पूर्ण तालिका संशोधन गर्ने विषयमा नेताहरुबीच सहमति नबनेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले क्रियाशील सदस्यताको नविकरण र वितरणमा मात्र संसोधन गरेको थियो । केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार स्थानीय तहले क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य मंसिर मसान्तभित्रमा टुंग्याएर केन्द्रमा पठाइसक्नु पर्ने छ । यसअघि भदौ मसान्तसम्ममा केन्द्रमा पठाउने तालिका थियो ।

    सुनिल थापा कांग्रेसको सहमहामन्त्रीमा मनोनीत

    नेपाली कांग्रेसले सुनिल बहादुर थापालाई सहमहामन्त्रीमा मनोनीत गरेको छ।

    शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले राप्रपा छोडेर कांग्रेस प्रवेश गरेका पूर्वमन्त्री थापालाई सहमहामन्त्रीमा मनोनीत गर्ने निर्णय गरेको केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए। सहमहामन्त्रीमा मनोनीत थापा राप्रपाका पूर्वअध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन्।

    बैठकले थापालाई सहमहामन्त्रीसहित राप्रपाबाट कांग्रेस प्रवेश गरेका ६ जनालाई केन्द्रीय सदस्य र तीन जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनाेनीत गरेको केन्द्रीय सदस्य पाण्डेले जानकारी दिए।

    उनका अनुसार बैठकले राप्रपाबाट कांग्रेस प्रवेश गरेका रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी, टि.एन. योगीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

    यस्तै, बैठकले दिलिप राई, आशाराम चौधरी र राजेशबहादुर सिंहलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेको केन्द्रीय सदस्य पाण्डेले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस