२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

नमोबुद्धमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

  • २०७७ कार्तिक २७, बिहिबार मा प्रकाशित २ साल अघि
  • ४२० पाठक संख्या
  • नमोबुद्ध नगरपालिका वडा नं. १० का जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ ।

    वडा नं १० को आयोजनामा वडाभित्र रहेका जेष्ठ नागरिक र एकल महिला गरी ३ सय २५ जनालाई घरघरमै पुगेर जाडोका लागि न्यानो लुगा वितरण गरिएको हो ।

    नगर प्रमुख टिपी शर्मा तिमल्सिना, वडा अध्यक्ष रामकृष्ण अधिकारीसहित जेष्ठ नागरिकको घरघरमा पुगेर न्यानो कपडा वितरण गरेका थिए ।

    दुई दिन लगाएर वडाका सबै जेष्ठ नागररिक तथा एकल महिलालाई न्यानो लुगा वितरण गरिएको वडाअध्यक्ष अधिकारीले बताए । अधिकारीका अनुसार सबैलाई जाडोमा न्यानोका लागि एक एक थान स्वेटर, टोपी र ट्राउजर वितरण गरिएको छ ।

    यस्तै ७० बर्ष नाघेका जेष्ठ नागरिकलाई चार्जेबल टर्चसमेत वितरण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस