सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकटका सचिवालय नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
शुक्रबार सचिवालय बैठक बोलाएपछि प्रचण्डले बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका हुन् । भेटवार्ताको क्रममा सचिवालय बैठकबारे कुराकानी भएको स्रोतले जनाएको छ ।
नेकपाको शुक्रवार ४ बजे सचिवालय बैठक बस्दैछ ।
प्रतिक्रिया दिनुहोस