२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

काभ्रेका २१ सय १९ सहित देशभर कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ जना पुग्यो

  • २०७७ कार्तिक २६, बुधबार मा प्रकाशित २ साल अघि
  • ७०४ पाठक संख्या
  • काभ्रेमा २११९ सहित देशभर कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ जना पुगेको छ ।

    काभ्रेमा बुधवार १८ जना नयाँ थपिए सँगै संक्रमितको संख्या २१ सय १९ पुगेको छ भने गत २४ घण्टामा देशभर २५ सय ६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो ।

    काभ्रेमा बुधवार बनेपा नगरपालिकाका ४ जना पुरुष, ३ जना महिला, धुलिखेल नगरपालिकाका ३ जना पुरुष र १ जना महिला थपिए ।

    देशभर ११७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १६ सय ६६ जना संक्रमणमुक्त भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस