२०८१ बैशाख ५, बुधबार | Wed, 17, Apr, 2024

ओली इत्तरका पाँच नेताको बैठक धुम्बाराहीमा

  • २०७७ कार्तिक २५, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ३७८ पाठक संख्या
  • सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयको बैठक बोलाएका छन् । अध्यक्ष दाहालले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अपरान्ह ४ बजे सचिवालय बैठक बोलाएका हुन् ।

    ‘अध्यक्षज्यूले अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाउनु भएको छ । बैठकबारे प्रधानमन्त्रीसमेत रहनु भएका अर्का अध्यक्ष केपी शर्मा ओलीसहितका सबै सदस्यलाई जानकारी गराइएको छ,’ स्रोतले भन्यो ।

    नेकपामा पछिल्लो समय अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुध्द अविश्वासको प्रस्ताव ल्याउन लगाएको, सहमति बिना मन्त्रिपरिषद् पुनर्गठन गरेको, राजदूत नियक्तिका लागि सिफारिस गरेको र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग भेट गरेको विषयलाई लिएर नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।

    स्थायी समिति बैठक र सचिवालय बैठकमा भएको सहमति विपरित ओलीले यी काम गरेपछि अर्का अध्यक्ष दाहाल वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन् । यी विषयमा छलफलका लागि बैठक बोलाउन आग्रह गर्दा ओलीले नबोलाएपछि दाहालले पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार सचिवालयको अनौपचारिक बैठक गरेका थिए ।

    बैठकले ओलीलाई बैठक बोलाउन लिखित आग्रह गर्ने निर्णय गरेको थियो । त्यही निर्णय बमोजिम ५ नेताले २२ गते शनिबार ओलीलाई भटेर दुई पन्ने लिखित पत्र बुझाएका थिए । । तर, ओलीले भने विधान बमोजिम बैठक बोलाउने सन्देश महासचिव विष्णुप्रसाद पौडेलमार्फत सोमबार दाहाललाई पठाएका थिए ।

    प्रतिक्रिया दिनुहोस