काभ्रेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार बनेपा नगरपालिकाका ७९ वर्षीय पुरुषको उपचारको क्रममा अस्पतालमा सोमबार मृत्यु भएको हो । मृतकमा कात्तिक २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
त्यस्तै काभ्रेमा थप ५४ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट १० जना महिला र ११ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ११ जना महिला र १४ जना पुरुष, पाँचखाल नगरपालिकाबाट २ जना महिला र १ जना पुरुष, पनौती नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष, भुम्लु गाउँपालिकाबाट १ जना पुरुष, महाभारत गाउँपालिकाबाट १ जना पुरुष र खानीखोला गाउँपालिकाबाट १ जना पुरुष गरी जिल्लामा आज ५४ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ सय १ पुगेको छ । त्यस्तै जिल्लमा अहिले ५ सय ५० जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
आज ४५ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै काभ्रेमा देखिएका संक्रमितमध्ये १५ सय २४ जना संक्रमणमुक्त भएको स्वास्थ् कार्यालय काभ्रेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस