फेसबुकमा सुसाइड नोट पोस्ट गरेर बेपत्ता भएका चिकित्सक भेटिएका छन्।
भक्तपुरको ‘द डेन्टल सिटी’ अस्पतालका निर्देशक समेत रहेका डाक्टर दिगम्बर झा आज बिहानदेखि बेपत्ता भएका थिए। उनले बिहान करिब ७ बजेतिर फेसबुकमा आफू आत्महत्या गर्न गएको भन्दै लामो सुसाइड नोट समेत पोस्ट गरेका थिए। बिहान ५ बजेतिर निस्किएका उनको खोजीमा प्रहरी लागेको थियो। आज दिउँसो काभ्रेको ५४ किलो भन्ने ठाउँमा भेटिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख याेगेन्द्र तिमल्सिनाले जानकारी दिए ।
सुसाइड नोटमा उनले आफू परिवारका कारण आत्महत्या गर्न बाध्य भएको बताएका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा पनि उनको पछिल्लो समय घर परिवारसँगको सम्बन्ध राम्रो नभएको खुलेको छ। बिहान ५ बजेतिर घरबाट निस्किएका उनको मोबाइलको अन्तिम लोकेसन भने काभ्रेको पनौतीमा देखिएको थियाे । त्यसपछि केयु चाेक हुदै अरनिकाे राजमार्ग हुॅदै ५४ किलाे पुगेका थिए । केयु पुगेपछि उनकाे मोबाइल अफ भएको थियाे ।
झाको खोजीमा काभ्रे प्रहरी समेत परिचालन गरिएको थियो।
प्रतिक्रिया दिनुहोस