२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

रोशीमा ‘एक गाउँ एक अधिकृत र इन्जिनियर’ उत्पादन प्रोत्साहन रकम वितरण

  • २०७७ कार्तिक २३, आईतबार मा प्रकाशित २ साल अघि
  • ३१२ पाठक संख्या
  • रोशी गाउँपालिकाले एक गाउँ एक अधिकृत र एक गाउँ एक इन्जिनियर उत्पादन प्रोत्साहन रकम वितरण गरेको छ ।

    पालिकाले आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम मै एक गाउँ एक अधिकृत र एक इन्जिनियर उत्पादन गर्ने नीति लिए अनुसार उक्त रकम वितरण गरिएको हो ।
    रोशी गाउँपालिका अध्यक्ष डीबी लामाले एक गाउँ एक अधिकृतमा वडा न १२ का विजय मोक्तान र इन्जिनियरमा वडा न ११ का सन्तोष मैनालीलाई अध्ययनका लागि ५०/५० हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरेको बताए ।

    पालिकाले सार्वजनिक सेवामा विपन्न तथा जेहेन्दार नागरिकको पहुँच पुर्याउन उक्त योजना अगाडि सारेको थियो । पालिकाले निश्चित मापदण्ड बनाएर छनौट गरेको प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले जानकारी दिए ।

    शिक्षा शाखाका प्रमुख रामबहादुर तामाङका अनुसार शाखा अधिकृतका लागि अधिकृतका लागि फारम भरेको प्रवेशपत्रको प्रतिलिपि, शाखा अधिकृतको प्रारम्भिक परीक्षा उतिर्ण गरेको नतिजाको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि सामुदायिक विद्यालयबाट एसएलसी अध्ययन गरेको हुनुपर्ने, नागरिकताको प्रतिलिपि, सम्बन्धित वडाबाट विपन्न सिफारिस मागिएको थियो ।

    त्यस्तै एक गाउँ एक इन्जिनियर तर्फ इन्जिनियरिङ विषयमा प्रविणता पत्र उतिर्ण गरेको, सामुदायिक क्याम्पसबाट स्नातक इन्जिनियरिङ भर्ना भएको प्रमाण पत्रको प्रतिलिपि लगायतका आधारमा छनौट गरी प्रोत्साहन स्वरुप उक्त रकम वितरण गरिएको बताए ।

    प्रतिक्रिया दिनुहोस