२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

केयूले अतिरिक्त शुल्क उठाएको विरोधमा विद्यार्थीको रिले अनसन

  • २०७७ कार्तिक २३, आईतबार मा प्रकाशित २ साल अघि
  • ५०३ पाठक संख्या
  • अनलाइन कक्षा सञ्चालनको समयमाबधीमा पनि अतिरिक्त शुलक उठाउन थालेपछि काठमाडौं विश्वविद्यालयका विद्यार्थी आन्दोलित भएका छन ।

    विश्वविद्यालयका स्कूल अफ इञ्जिनियरिङ, स्कूल अफ साइन्स्, स्कूल अफ ल र स्कूल अफ म्यानेजमेन्टका विद्यार्थीहरुले शुल्कको विरोध गर्दै आईतवारबाट विश्वविद्यालय परिसरमा नै रिले अनसन थालेका हुन् ।

    विश्वविद्यालयले कोडिभ प्रभावको बीचमा थालनी गरेको अनलाइनबाट पठनपठान गरेको समयमाबधीमा समेत साविक कक्षा सञ्चालन हुने बेलाको जस्तो गरी अतिरिक्त क्रियाकपाल शिर्षकमा समेत शुल्क तिर्न सूचना जारी गरेपछि आन्दोलनमा उत्रनुपरेको विद्यार्थीहरुको भनाइ छ ।

    विद्यार्थीहरुले शिक्षण शुल्क मात्र लिनुपर्ने, २०७७ असोज २२ गते निकालिएको सूचना खारेज गरी अर्को सूचना नआएसम्मको लागि शुल्क भुक्तानी गर्नु पर्दैन भनेर अर्को सूचना जारी गर्नुपर्ने, कोभिड वित्तीय सहायता योजना साँचि कै गाह्रो परेका विद्यार्थीहरुको लागि निकाल्नुपर्ने र ढिलो शुल्क बुझाउँदा लाग्ने अतिरिक्त शुल्क कोभिड अबधिसम्म हटाउनु पर्ने लगायतका माग राखेका छन ।

    विद्यार्थीहरुले विश्वविद्यालयले गरेको मनलाग्दी शुल्कको विरुद्धमा यसअघिदेखि विभिन्न खालका विरोध कार्यक्रम तथा सम्बन्धित संकायका डीनहरुसँग बार्तामा बसेपनि कुनै सुनुवाई नभएको र मुद्धाको कुनै सम्बोधन समेत नभएपछि आफुहरु अनसन बस्न बाध्य भएको बताउँछन ।

    प्राध्यापकहरुसँग गरेको अनुरोधमा केही सहमत‍ि भएपनि त्यसको सुनुवाइ गर्नुका सट्टा पुनः शुल्क तिर्न टाँस गरेको सूचनाको समयसीमा नजिक आइरहँदा विद्यार्थीहरुमा मनोवैज्ञानिक असर परिरहेको समेत उनीहरुको भनाइ छ ।

    यसै बिषयमा काठमाडौं बिश्वविद्यालयका स्कूल अफ इञ्जिनियरिङका डिन डा। डम्बर नेपालीसँग कुरा गर्दा बिद्यार्थीहरूको मागलाई बिश्वविद्यालयको बोर्डमा लगेको र बोर्डले नै निर्णय गर्ने बताए ।

    यस विषयमा नेपाल विदार्थी संघ काठमाण्डो विश्वविद्यालयले विज्ञप्ती निकालेर रिले अनसनलाई एैक्यबद्धता जनाएको छ । संघका अध्यक्ष उज्वल प्रधानले एक विज्ञप्ती निकाल्दै विद्यार्थी क्लबका प्रतिनिधीहरुले शुरु गरेको रिले अनशनमा पूर्ण ऐक्यवद्धता जनाउने बताएका छन् । विज्ञप्तीमा भनिएको छ,– यस विश्वविद्यालय अन्तर्गतका सबै स्कुलका विद्यार्थीहरुलॆ आफ्नो सेमेस्टर शुल्कको बारेमा विश्वविद्यालयको पटक पटक ध्यानाकर्षण गराउदै आएका छन्। कोभिड–१९ का कारण सिर्जित यस विषम परिस्थितिमा संचालन भएको अनलाइन कक्षाका लागी पहिलेको सामान्य अवस्थामा जस्तै पूर्ण सेमेस्टर शुल्क माग्नु अवैज्ञानिक भएको सबै विद्यार्थीहरुको धारणा छ। यसै बीच विद्यार्थीहरुले आफ्नो विरोध जनाउदै विश्वविद्यालयसँग संवादको आशा गरिरहँदा मिति २०७७/६/०२ मा स्कुल अफ इन्जिनियरिङ्ग र स्कुल अफ साइन्सबाट आएको अवैज्ञानिक शुल्क छुटको योजनाको घोर विरोध गर्दछौ। प्रयोग नभएका सुविधाको शुल्क विद्यार्थीहरुले कुनै हालतमा तिर्न नसक्ने जानकारी गराउदछौ। तसर्थ विश्वविद्यालयलाई तुरुन्त वैज्ञानिक रुपमा प्रयोग भएको सुविधाको मात्र शुल्क तोक्न जोडदार माग गर्दछौ । यस परिस्थितिलाई काठमाडौ विश्वविद्यालयमा सक्रिय विद्यार्थी सङ्गठन र विद्यार्थी क्लबलाई एकतावद्द भइ आन्दोलनमा लाग्न पनि आह्ववान गर्दछौ। साथै आजका मिती देखि विद्यार्थी क्लबका प्रतिनिधीहरुले शुरु गरेको रिले अनशनमा पूर्ण ऐक्यवद्धता जनाउदछौ । भद्र तरिकाले गरिएका विरोध र संवादको प्रयासलाई विश्वविद्यालयले बेवास्ता गर्दै सार्वजनिक विश्वविद्यालय शिक्षाको व्यापारीकरण तिर गए हामीले कठोर कदम चाल्न बाध्य हुने अवगत गरौदछौ, भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस