२०७७ मंसिर १४, आईतबार | Sun, 29, Nov, 2020

बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित

  • २०७७ कार्तिक २२, शनिबार मा प्रकाशित ३ हप्ता अघि
  • ८९ पाठक संख्या
  • पेन्सिलभेनियाकाे २० इलेक्टोरल भोट प्राप्त गरी अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रयाटिक पार्टीका जो बाइडन विजयी भएका छन् । ५३८ इलेक्टोरल मतमा बहुमत २७० मत कटाएपछि बाइडन राष्ट्रपतिमा चुनिएका हुन् ।

    २५३ इलेक्टोरल मत प्राप्त गरेको झण्डै तीन दिनपछि पेन्लिसभेनियाको २० इलेक्टोरल मत प्राप्त गरेपछि बाइडनले २७३ मत बनाउँदै डोनाल्ड ट्रम्पलाई पराजित गर्न सफल भएका हुन् ।

    बाइडनको पूरा नाम जोसेफ रोविनेट बाइडन जुनियर हो । उनको जन्म २० नोभेम्बर १९४२ मा पेन्सेल्भिानियाको स्क्र्यान्टन शहरमा भएको हो । उनको पिता जोसेफ बाइडन सिनियर र आमा युजेनिया ‘जीन फिननेगन’ हु्न् । बाइडनको दुई श्रीमती र चार सन्तान छन् ।

    प्रतिक्रिया दिनुहोस