कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन्।
हुम्ला सदरमुकामबाट सिमकोटमा गाउँपालिका-३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडीगाउँ र लिमाटाङ्गको बीचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घाइते भएका हुन्।
हुम्लाको सिमिकोटमा रहेको जलविद्युत आयोजनाको निरीक्षण गर्न जाने क्रममा शाही घोडाबाट लडेका हुन् ।
उनको टाउकोमा सामान्य चोट लागेको छ । शाहीलाई हेलिकप्टरबाबाट सुर्खेत ल्याइएको छ र प्रदेश अस्पातलामा उपचार भइरहेको छ ।
उनको अवस्था सामान्य रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुब्र बुढाथोकीले बताए ।
प्रतिक्रिया दिनुहोस