शनिवार काभ्रेका एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हनेमा बनेपा नगरपालिकाका ७७ बर्षिय पुरुष छन् । उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए ।
त्यस्तै शनिवार काभ्रेका ६३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या २ हजार १४ पुगको छ भने डिस्चार्ज हुनेको संख्या १४ सय ९ छ । आज मात्र १५ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
आज थपिएका मध्ये सबै भन्दा बढि बनेपा नगरपालिकामा १५ महिला र १६ पुरुष गरी ३१ जना संक्रमित थपिएक छन् । त्यस्तै धुलिखेल नगरपालिकामा १ महिला र ६ पुरुष, पनौती नगरपालिकामा ५ महिला र ६ पुरुष, नमोबुद्ध नगरपालिकामा ३ महिला र २ पुरुष, मण्डनदेउपुर नगरपालिकामा ३ महिला र ४ पुरुष, पाँचखाल नगरपालिकाबाट १ महिला र २ पुरुष गरी ६३ जना संक्रमित थपिएको हो ।
प्रतिक्रिया दिनुहोस