२०७७ मंसिर १४, आईतबार | Sun, 29, Nov, 2020

बेंग्लोरलाई हराउँदै हैदरावाद क्वालिफायरमा, फाइनल प्रवेशका लागि दिल्लीसँग खेल्ने

  • २०७७ कार्तिक २२, शनिबार मा प्रकाशित ३ हप्ता अघि
  • ५८ पाठक संख्या
  • सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

    यूएईमा राति भएको इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ६ विकेटले पराजित गर्दै हैदराबादले क्वालिफायरमा स्थान बनाएको हो । शेख जायद क्रिकेट मैदानमा बेङ्ग्लोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

    हैदराबादको जितमा केन विलियम्सनले अविजित रहदै ५० रनको अर्धशतकीय पारी खेले । जासन होल्डरले अविजित २४ रन बनाए । यस्तै मनिष पाण्डेले २४ रन जोड्दा कप्तान डेभिड वार्नरले १७ रन बनाए । बेङ्ग्लोरका मोहमद सिराजले २ विकेट लिए ।

    एडम जाम्पा र युजभेन्द्र चाहलले १ र १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा भोलि हैदराबाद र दिल्ली क्यापिटल्स खेल्नेछन् ।

    प्रतिक्रिया दिनुहोस