योगदान राष्ट्रका लागि काभ्रेपलाञ्चोक शाखा संचारकर्मी राजाराम गौतमको नेतृत्वमा गठन भएको छ । युवाहरुको जुम मार्फत भएको भेलाले सर्वसम्मत रुपमा गौतमको अध्यक्षतामा २१ सदस्यीय समिति गठन समेत गरेको छ ।
समितिको उपाध्यक्षमा जीवन पराजुलि, सचिवमा प्रविन सापकोटा, सह–सचिवमा ई कुमार तिमल्सिना (आईटी संयोजक), कोषाध्यक्षमा सुवास सापकोटा, सदस्यहरुमा सुरज श्रेष्ठ (सञ्चार संयोजक), बिपिन खत्रि (स्वास्थ संयोजक), यश कुमार परियार (सञ्चार सह–संयोजक), निष्चल हमाल, कुल प्रसाद बजगाई, राजेश तिमल्सिना, सुनिता सापकोटा, ज्योति श्रेष्ठ, सुरज सापकोटा, रवि धिताल, सुरेन्द्र मोक्तान, पुजन धिताल, सनम सुवाल, भक्त दाहाल, रोहित परियार र भुपाल श्रेष्ठ रहेका छन् ।
समितिको सल्लाहकारमा ईन्जिनियर राम कुमार बस्नेत, नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष महेश पौड्याल, युवा नेता समीर व्याञ्जु श्रेष्ठ रहेका छन् ।
संस्थाले स्वास्थ्य क्षेत्रमा, दैविप्रकोपमा, आगजनी, बाढी पहिरो, आकस्मिक दुर्घटनाबाट बच्ने उपायको तालिम सन्चालन गर्नेमा, गुणस्तरीय र अतिरिक्त सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरीय एम्बुलेन्स सेवा सन्चालन गर्नेमा तथा राष्ट्रलाई आइपर्ने महामारी, भबितब्य, आपतकालीन समस्या सङ्ग जुध्न प्रशिक्षित जनशक्ति तयार गर्ने ५ काममा सहयोग पुर्याउने संयोजक गौतमले जानकारी दिए ।
कार्यक्रमलाई संस्थाका केन्द्रीय अध्यक्ष ओम उप्रेतिले संस्थाको उदेश्य अनुरुप कार्य गर्न सफलताको शुभकामना राखेका थिए भने सल्लाहकार ई राम कुमार बस्नेतले विगतमा संस्थाले तयार परेको जनशक्तिले समाजमा सकारात्मक प्रभाव पारेको जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस