२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

काभ्रेमा शुक्रवार ४६ जनामा कोरोना संक्रमण

  • २०७७ कार्तिक २१, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३८४ पाठक संख्या
  • काभ्रेमा शुक्रवार ४६ जना नयाँ कोरोना संक्रमित थपिएको छ भने एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र झाले शुक्रवार बनेपा नगरपालिकाका ७० वर्षीय पुरुषको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

    त्यस्तै शुक्रवार बनेपा नगरपालिकाबाट १० जना महिला र ९ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ५ जना महिला र ३ जना पुरुष, पनौती नगरपालिकाबाट ३ जना पुरुष, नमोबुद्ध नगरपालिकाट ६ जना महिला र ६ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष, भुम्लु गाउँपालिकाबाट १ जना पुरुष र १ जना महिला र रोशी गाउँपालिकाबाट १ जना महिला गरी ४६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन ।

    योसँगै कोरोना संक्रमितको संख्या १९ सय ५० पुगेको छ । जिल्लाका संक्रमितमध्ये १३ सय ९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै जिल्लामा अहिले ५ सय ३२ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको विवरणमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस