सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकटका सचिवालय सदस्यहरूले सामूहिक रुपमै सचिवालय बैठक आग्रह गर्ने भएका छन्।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूको अनौपचारिक बैठकले भोलि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सहमतिमै आजको बैठक बसेको हो। उनले भने, ‘कार्यकारी अध्यक्षले औपचारिक बैठक बोलाउन सक्ने भए पनि पार्टी एकतालाई जोगाएर लैजान अनौपचारिक बैठक राख्नुभयो । भोलि अर्का अध्यक्ष ओलीलाई सहमतिका आधारमा बैठक राख्नका लागि आग्रह गर्ने सहमति गरेका छौं,’ श्रेष्ठले भने ।
अध्यक्ष पुष्पकमल दाहालले बोलाएको बैठकमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरु भने बैठकमा उपस्थित भएका थिएनन् ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित थिए । अर्का अध्यक्ष ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने बैठकमाउपस्थित भएनन् ।
प्रतिक्रिया दिनुहोस