२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

पाँचखालमा हार्डवयर पसलको अनुगमन

  • २०७७ कार्तिक २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • १५९३ पाठक संख्या
  • पाँचखालमा रहेका हार्डवयर पसलको अनुगमन भएको छ ।

    पाँचखाल नगरपालिका, पाँचखाल उद्योग बाणिज्य संघ र ट्रान्सपरेन्सी नेपालले सयुक्त रुपमा पाँचखालबजार क्षेत्रमा रहेका ७ वटा हार्डवयर पसलमा अनुगमन गरेको हो ।

    अनुगमनमा पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवार, नगरपालिकाका शाखा अधिकृत राजेश बञ्जारा, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, पाँचखाल नगरपालिकाका बाताबरण शाखा प्रमुख गणेश खरेल, ट्रान्सपरेन्सी नेपालका जिल्ला संयोजक गंगा दोङ, सारथी नेपाल काभ्रेका कार्यक्रम संयोजक भेषराज दनुवार लगायतको टोलीले अनुगमन गरेको थियो ।

    भुकम्प पछि सर्वसाधारणहरुले सामान खरिद गर्दा मुल्य एकरुपता नभएको गुनासो आएपछि बजार अनुगमन गरिएको हो । बजारमा अनुगमनका क्रममा खरिद मुल्य र विक्री  मुल्यको एकरुपता नपाईएको, केहि सामाग्रीहरुको डेट स्पाएर भएको पाईएको पाँचखाल नगरपालिकाका शाखा अधिकृत राजेश बञ्जाराले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस