२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने लगभग पक्का

  • २०७७ कार्तिक २०, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ८५५ पाठक संख्या
  • डेमोक्र्याटिक नेता तथा पूर्वउपराष्ट्रपति जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने लगभग निश्चित छ । यो समाचार तयार पार्दासम्म बाइडेन वर्तमान राष्ट्रपति डोनाल्ड जे ट्रम्प भन्दा इलेक्ट्रोल मतका आधारमा धेरै माथि छन् ।

    पूर्वराष्ट्रपति बाइडेनले २ सय ६४ इलेक्ट्रोल भोट प्राप्त गरिसकेका छन् भने वर्तमान राष्ट्रपति ट्रम्पले २ सय १४ मत प्राप्त गरेका छन् । अहिले अलास्का, जर्जिया, नर्थक्यारोलिना, नेभाडा र पेन्सल्भेनिया राज्यको मत गणना जारी छ । हालसम्मको परिणामलाई बाइडेनले चुनाव जित्ने पक्का पक्की जस्तै देखिन्छ ।

    नेभाडा राज्य, डेमोक्र्याटिक पार्टीको पकड भएको राज्य हो, यस राज्यबाट डेमोक्र्याटिक पार्टीले ६ इलेक्टोरल मत प्राप्त गर्नेछ । त्यो ६ मत प्राप्त गरेमा बाइडेनलाई अन्य राज्यबाट मत आवश्यक पर्दैन्, किनकी उनले प्राप्त गरेको २ सय ६४ पछि ६ मत जोड्दा राष्ट्रपति बन्न चाहिने २७० इलेक्ट्रोल भोट बाइडेनले प्राप्त गरिसक्नेछन् ।

    यसैगरी रिपब्लिकनको पकड रहेको राज्य अलास्कामा पनि मत गणना जारी छ, जहाँबाट ३ इलेक्ट्रोल मत प्राप्त हुनेछ । यस्तै मत गणना भईरहेको अर्को राज्य नर्थक्यारोलिनामा हाल सम्म रिपब्लिकनको अग्रता देखिन्छ जहाँबाट १५ इलेक्ट्रोल मत प्राप्त हुनेछ ।

    यस्तै पेन्सल्भेनिया राज्यमा हाल सम्म रिपब्लिकन नेता ट्रम्प अगाडी देखिन्छन् । त्यहाँबाट २० इलेक्ट्रोल मत प्राप्त हुनेछ । तर त्यहाँ ३० लाख भोट गन्न बाँकी रहेको छ, जहाँ २० लाख रजिष्टर डेमोक्र्याटिक भोटरहरु छन् । जसले गर्दा बाइडेनले २९० इलेक्ट्रोल भोट पाउने देखिन्छ ।

    यता एरिजोनामा डेमोक्र्याटिक पार्टी अगाडी देखिन्छ, त्यहाँबाट ११ इलेक्ट्रोल भोट आउनेछ । एरिजोनामा ३ प्रतिशतले डेमोक्र्याटिक पार्टी अगाडी छ । यदी डेमोक्र्याटिक पार्टीले आफ्नो पकड रहेको नेभाडाबाट ६, पेन्सल्भेनियाबाट २० र अग्रता लिईरहेको एरिजोनामा पनि जितेमा बाइडेन ४०१ इलेक्ट्रोल भोट प्राप्त गरेर राष्ट्रपति निर्वाचित हुनेछन् ।

    राष्ट्रपति ट्रम्पले मत परिणाम बारे प्रतिकृया दिँदै धाँधली भएको भन्दै मुद्धादायर गर्ने बताएका छन् । उनले पुनः गणना गर्नुपर्ने माग गरिरहेका छन् । राष्ट्रपति ट्रम्प दोश्रो कार्यकालका लागि चुनिन्छन या उनको कार्यकाल टुङग्न्छि त्यो भोली सम्म थाहा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस