२०८१ बैशाख ५, बुधबार | Wed, 17, Apr, 2024

भित्रबाहिरबाट आफूलाई प्रधानमन्त्रीबाट हटाउने धेरै कोशिस भएको छ : प्रधानमन्त्री केपी शर्मा

  • २०७७ कार्तिक १९, बुधबार मा प्रकाशित ३ साल अघि
  • ७०० पाठक संख्या
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् ।

    आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनले बताए ।

    बुधबार मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको बताए ।

    उनले भने, ‘के अहिले मैले राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिने बाला छैन ।’

    केहीले अविश्वासको प्रस्तावको तयारी गर्दैछन् भन्ने सुनेको, तर त्यसले केही फरक नपर्ने बताए । ‘म यहाँ आएको जालझेल र तिक्डमबाट होइन, जनताको आवश्यकता र व्यापक समर्थनबाट हो । तपाईंहरु ढुक्कले काममा लाग्नुस्’ उनले भने ।

    केहीलाई देशलाई अस्थिरतातिर धकेल्न खोज्ने आदत रहेको र, भित्रबाहिरबाट आफूलाई प्रधानमन्त्रीबाट हटाउने धेरै कोशिस भएको उनले बताए ।

    तस्वीर : प्रधानमन्त्रीको प्रेस सल्लाहकारको फेसबुकबाट

    प्रतिक्रिया दिनुहोस