२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

‘सेवा घर’मा रेडियो एबिसिको बार्षिकउत्सव

  • २०७७ कार्तिक १९, बुधबार मा प्रकाशित ३ साल अघि
  • ६०१ पाठक संख्या
  • गीत संगीत मनोरञ्जन खवरको साथी रेडियो एबिसी एफ.एम. ८९.८ मेगाहर्जको १४ औँ बर्षिक उत्सव मानव सेवामा समर्पित रहि मनाएको छ ।

    बर्ष गाँठ कार्यक्रममा मंगलबार मानव कल्याण समाज सेवा घर काभ्रे धुलिखेलका जेस्ठ नागरिक बालबालिकाहरुलाई खाध्य सामग्री तथा प्रेसर कुकर, पानी तताउने इलेक्ट्रीक जग वितरण गरेको छ ।

    एक कार्यक्रमका बिच रेडियो एवीसी एफ.एम. ८९.७ मेगाहर्जकी निर्देशक उषादेवी मानन्धरले संस्थाको अध्यक्ष सुमित्रा चौलागाइलाई खाध्य सामग्री हस्तान्तरण गरिन । रेडियोकी निर्देशक मानन्धरले सामुदायिक रेडियोहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा चेतना फैलाउने कार्य गरेको उल्नेख गर्दै समाज रुपान्तरणमा सहयोग पु¥याएको बताईन ।

    संस्थाकी सध्यक्ष सुमित्रा चौलागाइले अपाङ्ग, असाहय, मनोरोगी जेस्ठ नागरिकहरुको सेवा गर्न पाउँदा मननै आनन्दीत भएको बताईन । उनले मानव कल्याण समाज सेवा घर भक्तपुर र काभ्रे गरी २ सय जनाको उद्वार गरी ७५ जनालाई परिवारमा बुझाएको र २१ जनाको मृत्यु भएको जानकारी दिईन । हाल सेवा घर धुलिखेलमा जेष्ठ नागरिक सहित १४ जना रहेका छन् ।

    कार्यक्रममा रेडियो एवीसीका स्टेशन म्यानेजर रमेश प्रसाद न्यौपानेले समाजमा भएका सबै खालका सामाजिक विभेदको अन्त्य, समाजमा देखिएका विकृति विसँगति विरुद्धमा चेतना पैmलाउन सामुदायिक रेडियोहरुले भूमिका खेलेको बताए । स्टेशन म्यानेजर न्यौपानेले शुसासन, शान्ति, अमनचयन, कायम राख्न नीति, विधि, पद्धतीको लिक बाहिर गए सरकारको कमजोरी औलाउने खबरदारी गर्ने कार्य सञ्चार माध्यामले गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस