२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

काभ्रेमा एकैदिन ११३ निको भएर घर फर्किए

  • २०७७ कार्तिक १९, बुधबार मा प्रकाशित २ साल अघि
  • ३७६ पाठक संख्या
  • काभ्रेपलाञ्चोक जिल्लामा आज (बुधबार) ११३ जना कोरोना जितेर घर फर्किएका छन ।
    यो सँगै काभ्रेका निको भएर घर फर्कनेको संख्या एक हजार ३७७ पुगेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । निको हुनेमा ८७६ पुरुष र ५०१ महिला रहेका छन् । जिल्लामा आज नौ जना नयाँ सङक्रमित थपिएका छन् ।
    बनेपा नगरपालिकामा दुई महिला चार पुरुषसहित छ जना, पाँचखाल नगरपालिकामा दुई पुरुष र मण्डनदेउपुर नगरपालिकामा एक पुरुष थपिएका छन् । यो सँगै जिल्लामा सङक्रमितको संख्या एक हजार ८३८ पुगेको छ । जिल्लामा ४३८ सक्रिय सङक्रमित रहेका छन् । जसमा ३९ अस्पताल र ३९९ जना होम आइसोलेसनमा उपचाररत रहेका छन । जिल्लाका कोरोनाका कारण २३ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस