२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

सपनामा भौतारेर हिडेको देखेको भन्दै कोरोना संक्रमितको शव उत्खनन गरेर अत्येष्टि

  • २०७७ कार्तिक १८, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ३९५ पाठक संख्या
  • कोरोना संक्रमणबाट मृत्यु भएका अर्घाखाँचीका एक व्यक्तिको साढे चार महिनापछि शव उत्खनन् गरी अन्त्येष्टि गरिएको छ ।

    मालारानी गाउँपालिका–४ का ३० वर्षीय बाबुराम खनालले आफ्ना ५८ वर्षीय बुबा यमलाल खनालको शव उत्खनन् गरी अन्त्येष्टि गरेका हुन् । बाबुरामका बुबा यमलालको २८ जेठमा मृत्यु भएको थियो ।

    मृत्युपछि गरिएको कोरोना परीक्षणको नतिजा जेठ ३० गते आउँदा यमलालमा कोरोना संक्रमण पुष्टि भएको थियो । क्वारेन्टिमै बस्दा पनि कोरोना परीक्षणका लागि बुबाको स्वाब लिने काम भएपनि स्वाब हराएको बाबुरामले बताए ।

    कोरोना संक्रमण फैलने डरले शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि रातुकास्थित खुल्ला चौरमा बुबाको शव कुरेर तीन दिनसम्म बस्न बाध्य भएको बाबुरामले गुनासो गरे । त्यतिखेर हिन्दु परम्परा अनुसार बुबाको अन्त्येष्टि गर्नका लागि धेरै अनुरोध गर्‍यौं, तर मिल्दैन भने अहिले आएर परम्परा अनुसार शव जलाएको उनको भनाई छ ।
    सपनामा बुबा भौँतारिँदै हिँड्नु भएको मात्रै देखिरहने थालेँ । हिन्दु परम्परा अनुसार अन्त्येष्टि नगरेकै कारण सपनामा यस्तो देख्नु परेको होला भन्ने मनमा लागिरह्यो । भदौमै शव उत्खनन् गरे अन्त्येष्टि गर्ने सोच बनाएको थिएँ । तर शव गाडेको स्थलमा बाढी र पहिरोका कारण त्ये सम्भव हुन सकेन । त्यसैले कात्तिक १५ गते गुल्मीको रिडीस्थित रुरु क्षेत्रमा लगेर अन्त्येष्टि गरेका हौं ।’

    प्रतिक्रिया दिनुहोस