२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

ए सानु लिएर आइन् विमला

  • २०७७ कार्तिक १७, सोमबार मा प्रकाशित २ साल अघि
  • १५०० पाठक संख्या
  • आफूलाई साहित्यकारको रुपमा समेत चिनाउन सफल अहिलेका चर्चित गीतकार विमला हुमागाई आफ्नो नविनतम गीत ए सानु …. लिएर आएकी छिन् ।

    किशोरावस्थामा माया प्रेममा रम्ने जोडीहरुको विषयबस्तुलाई गीतकार विमलाले ए सानुमा उठान गरेकी छिन् । थुप्रै गीतहरुको शब्द कोरिसकेका गीतकार हुमागाईद्वारा रचित ए सानु बोलको गीतलाई अहिलेका व्यस्त निर्देशक आदित्य बुढाथोकीले निर्देशन गरेका छन् । किशोरावस्थाका प्रेमील जोडीको माया प्रेममा आउने उतार चढाव अनि प्रेमी प्रेमिकाका भावनालाई गीतकार हुमागाईले सचित्र शब्दमा उतारेकी छिन् भने निर्देशक बुढाथोकीले यसलाई उत्कृष्ट ढंगले भिडियोमा उतारेका छन् ।

    हालै सार्वजनिक दिक्पाल कार्की र सुनिशा बजगाईलाई फिचरिङ गरिएको भिडियोमा धुलिखेलको रमणीय दृश्यलाई मुकेश हुमागाईले भिडियोमा कैद गरेका छन् भने शिब बिकको नृत्य निर्देशन रहेको छ । भिडियोमा कविता तोलाङ्गी र सक्षम पुडासैनीको श्रृङ्गार रहेको छ । पदम सुवेदीले सम्पादन गरेको भिडियोको कलर संयोजन मिलन विश्वकर्माको रहेको छ । भिडियिामा अमरकृष्ण चन्दको सह निर्देशन रहेको छ ।

    गीतमा सुमधुर स्वर भने चर्चित गायिका एलिना चौहान र निर्देशक बुढाथोकीको रहेको छ । गीतलाई एरेन्ज, मास्टरिङ, मिक्सीङ सुन्दर लामाले गरेका छन् । निर्माता विमला हुमागाई रहेकोए सानुको संगीत समेत निर्देशक बुढाथोकीको रहेको छ ।

    प्रतिक्रिया दिनुहोस