२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

नमोबुद्ध ५ मा एक सय पचास भन्दा बढि युवा काँग्रेसमा प्रवेश

  • २०७७ कार्तिक १७, सोमबार मा प्रकाशित ३ साल अघि
  • ८०५ पाठक संख्या
  • नमोबुद्ध नगरपालिका वडा नयां ५ मा एक सय पचास भन्दा बढि युवाहरु काँग्रेसमा प्रवेश गरेको छन् ।

    सोमवार नमोबुद्ध ५ बोहोरेमा आयोजना भएको कार्यक्रममा नेकपा निकट युवा संघका नेताहरु यादव कोईराला, विष्णु धिताल, रमेश खनाल लगायत एक सय पचास युवाहरु काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली काँग्रेसका नेता तीर्थ लामा, गणेश लामा, नगर सभापति कुन्साङ लामा लगायतले स्वागत गरे । कार्यक्रममा काँग्रेसका नेताहरु तीर्थ लामा, गणेश लामा, नगर सभापति कुन्साङ लामा, जिल्ला सदस्य दिनेश भुर्तेल, नमोबुद्ध ५ का वडा अध्यक्षका उम्मेदवार सुर्य तामाङ, वडा सभापति नेपाल सिं तामाङ लगायतले युवाहरुको प्रवेशले पार्टीलाई क्रियाशिल बनाउन सहयोग पुग्ने बताए ।

    कार्यक्रममा काँग्रेसका नेताहरु विनोद गौतम, प्रविन धिताल, इन्द्र दाहाल, दावा लामा, काँग्रेसका नगरका पदाधिकारी, वडा सभापति लगायत सदस्य नेताहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रम स्थानीय काँग्रेस नेता मेघनाथ (बासु) खनालको अगुवाईमा पार्टी प्रवेश कार्यक्रम सञ्चालन  भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस