काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलसहित परिवारलाई नै कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रजिअ पोखरेलकी श्रीमतीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उहाँ र दुई छोरीले आईतबार स्वाव दिएका थिए । प्रजिअ पोखरेलसहित उहाँकी १८ र १३ वर्षीया छोरीलाई समेत कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले कोरोना संक्रमण पुष्टी भए पनि आफु र दुवै छोरीमा कुनै पनि लक्षण नदेखिएको बताए । उनले आफुहरुमा करिब एक हप्ताअघि सामान्य जिउ दुख्ने र रुघा लाग्ने भएपनि अहिले त्यस्तो कुनै समस्या नरहेको बताए ।
कोरोना संक्रमण पुष्टि भएपछि प्रजिअ पोखरेलको परिवार होम आइसोलेसनमा बसेका छन् । प्रमुख जिल्ला अधिकारीमा कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले सोमबार विज्ञप्ति जारी गर्दै एक हप्ताको लागि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस