२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

काभ्रेका सिडियो सहित ९० जनामा कोरोना संक्रमण, ७७ जना डिस्चार्ज

  • २०७७ कार्तिक १७, सोमबार मा प्रकाशित २ साल अघि
  • ११२७ पाठक संख्या
  • काभ्रेमा सोमवार प्रमुख जिल्ला अधिकारी सहित ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार काभ्रेका आज सबैभन्दा धेरै धुलिखेल नगरपालिकामा कोरोना संक्रमित भेटिएका छन् । । उनका अनुसार धुलिखेल नगरपालिकामा १९ महिला र १८ पुरुष, बनेपा नगरपालिकामा १४ महिला २० पुरुष, पनौती नगरपालिकामा ४ पुरुष, ४ महिला, पाँचखाल नगरपालिकामा ३ महिला १ पुरुष, मण्डनदेउपुर नगरपालिकामा ३ महिला २ पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ महिला १ पुरुष गरी ९० जना संक्रमित थपिएका हुन् ।

    यो संगै काभ्रेका संक्रमितको संख्या १७ सय ७३ पुगेको छ । आजै ७७ जना संक्रमित निको भएर घर फर्किए । यो संगै निको भएर घर फर्कनेको संख्या १२ सय २६ छ ।

    काभ्रेमा कोरोना बारे विस्तृत बिबरण

    प्रतिक्रिया दिनुहोस