२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

सयपत्री प्रतिष्ठानद्धारा धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ प्रा.डा कोजूलाई सम्मान

  • २०७७ कार्तिक १५, शनिबार मा प्रकाशित ३ साल अघि
  • ४९५ पाठक संख्या
  • सयपत्री प्रतिष्ठान नेपाल बनेपाले काठमाडौ विश्व विद्यालय स्कूल अफ मेडिकल साईन्सका डीन तथा मुटुरोग विशेषज्ञ प्रा.डा.राजेन्द्र कोजूलाई सम्मान गर्यो ।

    प्रतिष्ठानका संस्थापक अध्यक्ष एंव समाजसेवी स्व। कृष्णकुमार केसीको चौथो बार्षिक पुण्य तिथिका अवसरमा डा.कोजुलाई कोरोना संक्रमणका बेला स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरेकोमा भौतिक दुरी कायम गर्दै एक कार्यक्रमको आयोजना गरि कृष्णकुमार केसी स्मृति सम्मान तथा पुरस्कारद्धारा सम्मान गरिएको हो ।

    डा. कोजुलाई बरिष्ठ साहित्यकार मोहन दुवालले टीका, माला, प्रशसापत्र, दोसल्लाका साथ १० हजार नगद राशी सहितले सम्मान गरे ।

    प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार तथा बरिष्ठ साहित्यकार दुवालले डा.कोजूलाई सम्मान गर्नपाएकोमा खुशी व्यक्त गरे । प्रतिष्ठानले लक्ष्मीपुजाका दिन साहित्यकार श्रीमान श्रीमतीलाई सम्मान गर्दै आएको छ ।

    सोही अवसरमा सम्मानीत डा.कोजूका बारेमा धुलिखेल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.सुमनराज ताम्राकारले धुलिखेल अस्पतालका रामपछि डा.कोजू लक्ष्मणको भूमिकामा रहेको बताए ।

    कार्यक्रममा बनेपा नगरपालिका वडा नं १० का वडा अध्यक्ष चन्द्रबहादुर खड्का, लोकगायक मच्छेश्वर सापकोटा, प्रतिष्ठानका सचिव रामसुन्दर देउजा, उपाध्यक्ष प्रद्युम्न न्यौपाने लगायतले प्रतिष्ठानका बारेमा चर्चा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस