२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

अपाङ्ग अस्पताल भन्दा माथी जंगलमा हत्त्या गरेको अवस्थामा पुरुषको शव फेला

  • २०७७ कार्तिक १५, शनिबार मा प्रकाशित २ साल अघि
  • ७०५ पाठक संख्या
  • बनेपा नगरपालिकाको वडा नं ११ जाने सडकको छेउमा एक पुरुषको शव फेला परेको छ ।

    अपाङ्ग अस्पताल हुँदै नागीडाडाँ र वडा कार्यालय जाने सडकको छेउमा कसैले हत्या गरेर फालेको अवस्थामा पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिाल्सिनाले जानकारी दिए ।

    तिमल्सिनाका अनुसार ३५–३६ बर्षका पुरुषको शव भेटिएको र त्यसको पहिचान हुन सकेको छैन ।

    ती पुरुषको शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको तिमल्सिनाको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस