२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

काठमाण्डौ र ललितपुरमा गुर्जोको धुलो, चिया तथा विरुवा वितरण

  • २०७७ कार्तिक १४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • २८१ पाठक संख्या
  • सामाजिक अभियन्ता कमल बहादुर राजलवटको पहल तथा अगुवाईमा विभिन्न ठाउँमा गुर्जोको धुलो, चिया तथा  विरुवा वितरण भएको छ ।

    ञचितवन जिल्लाको योगी नरहरी आध्यातमिक परिषद, बागेश्वरी, नारायणघाटमा क्वारेन्टाईनमा ६० जना कोरोना संक्रमितलाई गुर्जोको धुलो औषधी, गुर्वोको चिया प्याकेट, गुर्जोको लहरा र गुर्जोको विरुवा वितरण गरिएको छ । उक्त क्षेत्रको बनमा रोप्ने गरी ३ सय गुर्जोको विरुवा वितरण समेत भएको छ ।

    चितवन पतञ्जली योग समितिका साधक साधिकारूलाई पनि गुर्जोको धुलो गुर्जोको चिया प्याकेट र एक सय गुर्जोको विरुवा वितरण गरिएको छ । त्यस्तै त्य क्षेत्रका करिब २० जना कोरोना पोजेटिभ देखिएकाहरुलाई घर घरनै पुगेर गुर्जोको धुलो, चिया र बेर्ना हस्तान्तरण गरिएको अभियन्ता कमल बहादुर राजलवटले जानकारी दिए ।

    त्यस्तै ललितपुर महानगरपालिका सुनाकोठी, समा, अरे, ठेचो, धापाखेल लगायतका स्थानहरूमा कार्तिक १३ र १४ गते तीन हजार गुर्जोको विरुवा र उपस्थित सबैलाई गुर्जोको चिया खुवाइएको छ । सुनाकोठी स्थित बालकुमारी मन्दिरमा १००, नागदहमा १०० गुर्जोरोपण समेत भएको छ ।

    त्यस्तै कुलेश्वर जोरपाटी लगायतका कोरोना संक्रमितका परिवारलाई गुर्जोको धुलो सहितको औषधी तथा गुर्जोको चिया प्याकेट वितरण भएको छ ।

    प्रतिक्रिया दिनुहोस