२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

काभ्रेमा कोरोना : २ को मृत्यु, ४४ संक्रमित थपिए

  • २०७७ कार्तिक १४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ८५५ पाठक संख्या
  • शुक्रबार काभ्रेमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ४४ जना नयाँ संक्रमित थपिएका छन्।

    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाका अनुसार कोरोना संक्रमणका कारण काभ्रे पोष्ट साप्ताहिकका प्रकाशक एवं प्रधानसम्पादक  बिष्णुप्रसाद चौैैलागाइँको काठमाडौंस्थित ओम अस्पतालमा तथा गत कात्तिक ९ गते बनेपाका ३९ बर्षिय एक पुरुषको करुणा अस्पताल बनेपामा निधन भएको हो।

    त्यस्तै जिल्लामा ४४ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्याालयको तथ्याङ्क अनुसार बनेपा नगरपालिकामा २५ जना, धुलिखेल नगरपालिकाका ११, पनौती नगरपालिकामा ४, नमोेबुद्ध नगरपालिका १, मण्डनदेउपुर नगपालिका १, बेथानचोक गाउँपालिका १, भुम्लुगाउँपालिका १ गरी जम्मा ४४ संक्रमित भेटिएका हुन्। यो संगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १६ सय ६ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस