२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

रोशी ११ मा जिप र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

  • २०७७ कार्तिक १४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ३०३ पाठक संख्या
  • काभ्रेको रोशी गाउँपालिका–११ डालाबेंसीस्थित वीपी राजमार्गमा दुर्घटना ह्ँदा एकको मृत्यु भएको छ ।

    ज १२ प ८३९१ नम्बरको मोटरसाइकल र ना १ ज ७७५० नम्बरको जिप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार धनुषा लक्ष्मीनिया गाउँपालिका–२ का २३ वर्षीय नवीनकुमार यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिप चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस