सबैलाई दशै लागेको छ । सबै हर्षोउल्लासका साथ दशै मनाईरहेका बेला एक जना व्यक्ति भने नवमी र दशमीका दिनमा समेत गुर्जोको विरुवा र चिया वितरणमा व्यस्त छन् ।
समाजसेवी कमलबहादुर राजलवटले अभियाननै सञ्चालन गरेर गुर्जोको विरुवा र चिया वितरणमा व्यस्त भएका हुन् । आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख समेत रहेका राजलवटले पोजेटिभ भएका २० जनाको परिवारलाई कोरोनाको औषधि, ग्याषट्रिक, ब्लडप्रेसर, डाइविटिज, माइग्रेन लगायतका औषधि वितरण गरे ।
उनले संक्रमितका परिवारलाई गुर्जोको चिया खुवाउदै गुर्वोको धुलो आषधि, गुर्जोको चिया प्याकेट, गुर्जाको बेर्ना वितरण गरे ।
यो विचमा उनले बनेपामा समेत ५०० भन्दा बढि गुर्जोको विरुवा वितरण गरेका छन् ।
कोरोना संक्रमण बढ्दै गएको यो अवस्थामा कोरोना संग लड्न प्रतिरोधात्मक क्षमता दिने गुर्जोको एक सय विरुवा काठमाण्डौको शंखमुल पार्कमा रोपण भएको छ ।
नवमी र दशमीमा काठमाण्डौ, भक्तपुर र ललतिपुरका विभिन्न ठाउँ लोकन्थली, सानेपा, भक्तपुर, गोगंबु बसपार्क, गोकर्ण, चाबहिल, जोरपाटी, नयाँ बानेश्वर, पुरानो बानेश्वर, भिमशेनगोला लगायतका ठाउँमा गुर्जोको चिया वितरण गरिएको समाजसेवी राजलवटले जानकारी दिए ।
राजलबटले दशैका टिका समेत गुर्जोको लहरोले लगाइदिएका छन् । सामाजिक संजाल फेसवुकमा सार्वजनिक भएको फोटोमा उनले गुर्जोको लहरोको माध्यमबाट परिवारलाई टिका दगाइदिएका थिए ।
प्रतिक्रिया दिनुहोस