२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

कोरोनाबाट धुलिखेलका एक पुरुषको मृत्यु

  • २०७७ कार्तिक १०, सोमबार मा प्रकाशित २ साल अघि
  • ७१२ पाठक संख्या
  • कोभिड–१९ का कारण धुलिखेल नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ ।

    धुलिखेलका ६८ बर्षिय पुरुषको आईतवार धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र झाले जानकारी दिए । यो सँगै जिल्लमामा कोरोनाको कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

    त्यस्तै सोमवार जिल्लामा ५ जना संक्रमित थपिएका छन् भने ८ जना निको भएर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार धुलिखेल नगरपालिकामा २ पुरुष, बनेपा नगरपालिका १ महिला १ पुरुष र पनौती नगरपालिकामा १ पुरुष गरी ५ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा संक्रमितको संख्या १५ सय ३२ जना पुगेका छन् ।
    सोमवार नै जिल्लाका ८ जना संक्रमण निको भई घर फर्किएका छन । यो सँगै घर फर्कनेको संख्या ९ सय ५३ छ ।
    जिल्लामा हालसम्म ५ सय ६२ सक्रिय संक्रमित रहेका छन ।

    प्रतिक्रिया दिनुहोस