२०८० फागुन १३, आईतबार | Sun, 25, Feb, 2024

साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

  • २०७७ कार्तिक १०, सोमबार मा प्रकाशित ३ साल अघि
  • २८५ पाठक संख्या
  • सप्तरीमा सोमबार दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ८ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको हो ।

    उक्त दुर्घटनामा साइकल चालक मोरङ उर्लाबारी नगरपालिका निवासी ५५ बर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरीको सप्तकोशी नगरपालिका ७ निवासी मुकेश सिंहको मृत्यु भएको साहले बताए ।

    दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको विराटनगरमा र मोटरसाइकल चालक सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

    उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तकोशी नगरपालिका ७ का २५ बर्षीय अनिलकुमार यादव घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस