२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

चितवन मेडिकल कलेजमा दुई कोरोना संक्रमितको मृत्यु

  • २०७७ कार्तिक १०, सोमबार मा प्रकाशित २ साल अघि
  • २८४ पाठक संख्या
  • चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमण पुष्टि भएका चितवनका ५१ जनाको मृत्यु भएको छ ।

    चितवन मेडिकल कलेजका निर्देशक प्रा.डा. दयाराम लम्सालले जारी गरेको विज्ञप्ती अनुसार भरतपुर महानगरपालिका–१० की ६७ वर्षीया महिलाको सोमबार दिउँसो पौने दुई बजे मृत्यु भएको छ । उनी कात्तिक ५ गते उक्त अस्पताल आएकी थिइन् । मृगौलाको दिर्घ रोगीसमेत रहेकी उनी श्वासप्रश्वास र उच्च ज्वरोको समस्या लिएर अस्पताल आएकी थिइन् । कात्तिक ६ गते उनमा संक्रमण पुष्टि भएको थियो ।

    अवस्था जटिल हुँदै गएपछि उनलाई अस्पतालले आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरेको थियो । यसअघि भरतपुर महानगरपालिकाका–१ का ७७ वर्षका पुरुषको आइतबार मध्यरातपछि मृत्यु भएको अस्प्तालले जनाएको छ । कात्तिक २ गते संक्रमण पुष्टि भए पनि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । समस्या बढ्दै गएपछि कात्तिक ८ गते अस्पताल आएका थिए । उनको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस