२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

थप ‍‍‍‍९ जना कोरोना संक्रमितको मृत्यु, २८५६ जनामा कोरोना संक्रमण, ३३३६ संक्रमणमुक्त

  • २०७७ कार्तिक ९, आईतबार मा प्रकाशित ३ साल अघि
  • ६२७ पाठक संख्या
  • कोरोना भाइरस संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ ।

    कास्कीका ४ जना, काठमाडौं, भक्तपुर, सुनसरी, रौतहट र गुल्मीका एक/एक जनाको मृत्यु भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र अस्पतालहरुले जानकारी दिएका छन् ।

    धरान उपमहानगरपालिका– १७ सुनसरीकी ६२ वर्षकी महिलाको शनिबार दिउँसो ३ बजे मृत्यु भएको छ । असोज २० गते कोरोना संक्रमण भई कात्तिक ७ गते भर्ना भएकी उनमा मिर्गौलासम्बन्धी समस्या थियो।

    नरदेवी काठमाडौंका ८४ वर्षका पुरुषको कात्तिक ८ गते मृत्यु भएको छ । निमोनिया र मुटुको समस्या भई असोज १९ गते अस्पताल भर्ना भएका उनमा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको छ ।

    दुवाकोट भक्तपुरका ६९ वर्षका पुरुषको कात्तिक ९ गते मृत्यु भएको छ । निमोनिया र शक भई कात्तिक १ गते अस्पताल भर्ना भएका उनमा असोज २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    पोखरा महानगरपालिका– १ कास्कीका ४२ वर्षका पुरुषको कात्तिक ७ गते साँझ ७ः४५ बजे चरक अस्पतालमा मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएका उनी उपचारका लागि कात्तिक ७ गते नै अस्पताल भर्ना भएका थिए । उनमा निमोनियाको समस्या थियो ।

    पोखरा महानगरपालिका–२२ कास्कीका ६८ वर्षका पुरुषको कात्तिक ८ गते विहान साढे ९ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएका उनी कात्तिक ७ गते अस्पताल भर्ना भएका थिए । उनमा पनि निमोनियाको समस्या थियो ।

    पोखरा महानगरपालिका– ३१ कास्कीका ५८ वर्षका पुरुषको कात्तिक ८ गते दिउँसो ४ ः २५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनमा निमानिया, हाइपरटेन्सन र मधुमेहको समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

    पोखरा महानगरपालिका– १५ कास्कीकी ५२ वर्षकी महिलाको शनिबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा मृत्यु भएको छ । शनिबार नै कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

    गुल्मीका ४८ वर्षका संक्रमित पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो । कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएका उनको आइतबार विहान मृत्यु भएको हो ।

    चन्द्रनिगाहापुर नगरपालिका– १ रौतहटकी ७७ वर्षकी महिलाको चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको छ । निमोनियाको समस्या देखिएपछि कात्तिक ८ गते अस्पताल भर्ना भएकी उनको सोही दिन मृत्यु भएको हो । उनमा मृत्युपछि कोरोना संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३३३६ जना डिस्चार्ज भएका छन् । निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस