२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

काँग्रेसले कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान यो वर्ष नगर्ने

  • २०७७ कार्तिक ९, आईतबार मा प्रकाशित ३ साल अघि
  • ६३३ पाठक संख्या
  • कांग्रेसले यस वर्षको कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम नगर्ने जनाएको छ ।

    कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह कोभिड–१९ का कारण यो वर्ष नगरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    वि.सं. २०३३ सालमा बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामनाआदान–प्रदान गर्दै आएको थियो ।

    तर यस वर्ष विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ संक्रमण महामारीका कारण यस वर्षको कात्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने मुख्यसचिव पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस