२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

यूवा कृषि मञ्चको अध्यक्षमा सागर

  • २०७७ कार्तिक ६, बिहिबार मा प्रकाशित २ साल अघि
  • १६०९ पाठक संख्या
  • यूवा कृषि मञ्चले काभ्रे जिल्ला शाखा गठन गरेको छ ।

    काभ्रे जिल्लामा विभिन्न पालिकाहरुमा कृषि क्षेत्रमा क्रियाशील यूवा कृषि उद्यमीहरुको भेलाले सागर रायमाझीको संयोजकत्वमा १७ सदस्य समिति गठन गरेको हो ।

    समितिको सह संयोजकमा क्षेत्र लामा, सचिव सुरेश अधिकारी, सह–सचिव सविन घिमिरे, कोषाध्यक्ष अस्मिता तिमल्सिना, सदस्यहरुमा नवराज घिमिरे, प्रताप लामा, रोशन वाईवा, सुनिल लामा, विष्णु महत, प्रताप लामा, श्याम तिमल्सिना, गौरी लामा, अनिल नेपाल ,सुरेन्द्र तामाङ ,पृथ्वी भुजेल चयन भएका छन् ।

    भेलामा यूवा कृषि मञ्चका केन्द्रीय अध्यक्ष जयराम सिग्देलले कृषिलाई आधुनिकीकरण गर्दै सामुहिक खेतितर्फ अग्रसर हुन तथा कृषि क्षेत्रमा लागेका यूवाहरुले नयाँ प्रविधिसहित नयाँ तरिकाले कृषि व्यावसायीक बनाउनतर्फ जानका लागि यूवाहरुलाई जोड दिए ।

    कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सिन्धुपाल्चोकका वरिष्ठ कृषि अधिकृत प्रकाश पौडेलले यूवाहरु चक्लाबन्दी खेतीतर्फ जान र कृषिलाई आधुनिक प्रविधितर्फ लैजान सक्रिय हुनुपर्ने धारणा राखे ।

    प्रतिक्रिया दिनुहोस