स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काभ्रेको धुलिखेल अस्पताल सहित देशभरका अस्पतालहरुमा हाई डिपेन्डेन्सी युनिट(एचडीयू) अक्सिजन बेडका लागि छनोट गरेको छ ।
उपत्यका बाहिर हरेक प्रदेशका तीनतीनवटा अस्पताल मध्ये धुलिखेल अस्पतालमा ५० वेड तथा सो बाहेकका सबै अस्पताललाई २५/२५ वेड तथा उपत्यकाको अस्पतालमा १००/१०० बेडको अक्सिजन बेड बनाउन छनौट गरेको हो । बागमती प्रदेशमा धुलिखेल अस्पताल सहित भरतपुर र हेटौंडा अस्पताल छनौटमा परेका छन् । देशभर ३५ सय अक्सिजन बेड थपिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरमा ३५०० अक्सिजन बेड थप्न अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब २५ करोड २७ लाख २० हजार रुपैयाँ दिएको छ । त्यसअनुसार उपत्यकाको त्रिवि शिक्षण, पाटन र वीर अस्पतालमा १००/१०० अक्सिजन वेड थपिनेछ । यस्तै परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, नेपाल पुलिस अस्पताल, कीर्तिपुर आयुर्वेद अनुसन्धान केन्द्र, धुलिखेल अस्पताल, दहचोक अस्पताल, निजामती अस्पताल, वीरेन्द्र अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा ५०/५० एचडीयू थपिनेछ ।
२५र२५ वटा अक्सिजन बेड थप्न नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, किस्ट अस्पताल, कान्ति अस्पताल, नरदेवी अस्पताल, मानसिक अस्पताल, मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, मानव अंग प्रत्यारोपण केन्द्र, गंगालाल हृदयरोग केन्द्र, चापागाउँ अस्पताल, भक्तपुर नगरपालिका अस्पताल, भक्तपुर अस्पताल, सुमेरु अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, मेडिसिटी अस्पताल, ह्याम्स अस्पताल, ग्राण्डी अस्पताल, अल्का अस्पताल छनोट भएका छन् ।
प्रदेश १ को धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनटरस्थित कोशी अस्पताल र झापाको मेची अस्पताल छनोट भएको छ । प्रदेश २ को नारायणी, प्रादेशिक अस्पलाल र राजविराजको गजेन्द्र नारायण सिंह, अस्पताल तथा बाग्मती प्रदेशको भरतपुर, हेटौंडा र धुलिखेल अस्पताल परेको छ ।
गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बाग्लुङ र गोरखा अस्पताल, लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल, कर्णाली प्रदेशका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अस्पताल र जाजरकोट अस्पताल तथा सुदूरपश्चिमको सेती, महाकाली र डडेलधुरा अस्पतालमा २५ अक्सिजन बेड थपिने भएको छ ।
प्रतिक्रिया दिनुहोस