२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

जीर्ण गणेश मन्दिरको पुनः र्निर्माण

  • २०७७ कार्तिक ६, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १२२३ पाठक संख्या
  • पनौती नगरपालिका वडा न ८ मा रहेको जीर्ण गणेश मन्दिरको पुनःर्निर्माण सकिएको छ ।

    सयौं बर्ष पुरानो जीर्ण महाकाल गणेश मन्दिरको पुनःर्निर्माणे पनौती नगरपालिका वडा न ८ का वडा सदस्य गौरीनारायण श्रेष्ठको पहलमा सम्पन्न भएको हो । श्रेष्ठले निर्वाचनको समयमा उक्त मन्दिरको निर्माण गरिदिने प्रतिबद्धता गरेका थिए । मैले जनतासँग गरेको कबुल अनुसार उक्त मन्दिर निर्माण गर्न पहल गरेको हुँ । उनका अनुसार उक्त जीर्ण मन्दिर पुनःर्निर्माणका लागि वडा कार्यालयबाट १५ लाख, विभिन्न व्यक्तीहरुबाट तीन लाख र जनश्रमदान तीन लाख गरी करिब २१ लाख रुपियाँमा निर्माण सम्पन्न भएको हो ।

    भूकम्प जानुभन्दा अगाडि देखी नै जीर्ण रहेको मन्दिर भूकम्प पछि भत्किएको थियो । उक्त मन्दिरमा हरितालिका तीजमा भव्य मेला लाग्ने गरेको स्थानीयले बताएका छन । धार्मिक रुपले ऐतिहासिक पनौती मन्दिर रै मन्दिरले समेत चिनिने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस